नेकपा एमालेको नयाँ विधानमा पार्टी अध्यक्ष र महासचिवमात्रै निर्वाचित हुने व्यवस्था राख्न प्रस्ताव गरिएको छ । प्रस्तावमा पोलिटब्युरो र वैकल्पिक केन्द्रीय सदस्य हटाएर पदाधिकारी, स्थायी कमिटी र केन्द्रीय सदस्य रहने व्यवस्था गरिएको उपाध्यक्ष वामदेव गौतमले जानकारी दिए ।
आज बसेको स्थायी कमिटी बैठकले विधान संसोधन प्रस्ताव भने पारित गरिसकेको छ । एमालेले उपमहासचिव विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल गठन गरेको थियो । पौडेल नेतृत्वको कार्यदलले तयार पारेको मस्यौदा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले पेश गरेका थिए ।
प्रतिक्रिया