केही दिनअघि आएको वर्षातको कारण खाँडादेवी गाउँपालिका,रामेछापमा रहेको गोपी आधारभुत बिद्यालयको भवनमा क्षति पुगेको छ। खाँडादेवी गाउँपालिका वडा १ राकाथुम स्थित खानीगाउँमा आधारभुत बिद्यालयको बन्दै गरेको भवनमा पहिरोले क्षति पुगेको हो।

पहिरोले पुर्याएको क्षति र लिनुपर्ने पहलकदमीबारे गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ, वडा १ का अध्यक्ष विष्णुकुमार श्रेष्ठ ,शिक्षक,समाजसेवी लगायत गाउँका अन्य व्यक्तिहरुको उपस्थितमा छलफल कार्यक्रम सम्पन्न भएको छ। मेसिनको प्रयोग नगरी मान्छे लगाएर काम गर्दा सुरक्षित हुने निष्कर्ष भेलाले निकालेको थियो।

छलफल कार्यक्रममा बोल्दै खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले “तुरुन्त पुनर्निर्माण गर्दा पुन वर्षाले भत्काउन सक्ने हुँदा ८/१० दिन पछि काम सुरु गर्नु पर्ने” बताएका छन।यद्यपि उनले बजेट व्यबस्थापन बारे कार्यक्रममा बोलेनन।

पुनर्निर्माणका लागि करिब सात लाख लाग्न सक्ने अनुमान छलफल कार्यक्रममा गरिएको सहभागी राजेश श्रेष्ठले तिनलाल खबर डटकमलाई जानकारी दिएका छन।