काठमाडौं । नेता वामदेव गौतमले एमाले विभाजनमा माधव नेपाललाई साथ दिने भएका छन् । नेता गौतमले माधव नेपालको पार्टीलाई साथ दिने निर्णय गरेका हुन् ।
गौतमका सचिवालय सदस्य शैलेन्द्र राउतका अनुसार गौतमले नेतृत्व गरेको पार्टी एकता राष्ट्रिय अभियानको भर्चुअल बैठकले एमाले विभाजन भइसकेको अवस्थालाई मध्यनजर गर्दै माधव नेपालले नेतृत्व गरेको नेकपा (एमाले समाजवादी) लाई सहयोग गर्ने निर्णय गरेको हो ।
बुधबार निर्वाचन आयोगमा पार्टी दर्ताको लागि नेपालले बुझाएको सूचीमा गौतमको नाम भने समावेश छैन ।
वामदेवले यसअघि नै झलनाथ खनाल र नेपालले नयाँ पार्टी खोले आफूले साथ बताएका थिए ।
३ भाद्र २०७८, बिहीबार १६:२१
प्रतिक्रिया