नेपाली सैनिकको देवीबक्स गुल्मबाट खटिएको टोलीले तेह्रथुम जिल्लाको फेदाप गा.पा.वडा नं. २, सुवेदी चोक निवासी एक स्थानीयको पहिरोको जोखिममा रहेको घरबाट खाद्यान्न, लत्ता कपडा तथा अन्य सामानहरु सुरक्षित साथ निकाल्नुको साथै अस्थायी बासस्थान निर्माण गरेको छ ।