काठमाडौँ- जिल्ला प्रशासन कार्यालय दोलखाले तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी पूर्णरूपमा नखुलेसम्म तामाकोशी क्षेत्रमा जोखिम कायमै रहने जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि शनिबार दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाएर सीमित जल प्रवाह शुरू भएर तत्कालको तरा टरेको छ तर जोखिम पूर्णरूपमा टरेको छैन ।

थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।

जलाशयको पानी पूर्ण रुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।

र्यालय दोलखाले तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी पूर्णरूपमा नखुलेसम्म तामाकोशी क्षेत्रमा जोखिम कायमै रहने जनाएको छ ।