काठमाडौं । एमसीसी र सभामुखको विरोध गर्दै प्रदर्शन गर्ने युवा संघ नेपालका नेता/कार्यकर्तालाई प्रहरीले कार्यालयमै पसेर कुटपिट गरेको छ । एमाले फुटाउन सभामुख मतियार बनेको भन्दै त्यसको विरोधमा युवा संघले प्रदर्शन गरेको थियो ।
त्यस्तै, एमसीसी संसदमा पेस गर्ने चर्चा चलिरहेका बेला आजै सभामुखले प्रतिनिधि सभाको बैठक आह्वान गरेसँगै युवा नेता/कार्यकर्ता सडकमा उत्रिएका थिए । सोही क्रममा उनीहरूले कालो बेलुन उडाएर एमसीसी र सभामुखविरुद्ध नाराबाजी गरेका थिए ।
विरोधका क्रममा प्रहरीले युवा संघका कार्यकर्तमाथि कुटपिट गरेको र बानेश्वरको कृष्णटावरस्थित कार्यालयमा पसेर कुटपिट गरेको संघका सचिव जय गुरुङले जानकारी दिए ।
गुरुङका अनुसार प्रहरीले कार्यालयमै पसेर कुटपिट गर्दा युवा संघका उपमहासचिव रामजी सापकोटा, सचिव गणेश थापा, स्थायी कमिटी सदस्यहरू- सम्राट गौचन, वकिल वम, सचिवालय सदस्य- समुन्द्र तिमलसेना, अचुतम सापकोटा घाइते भएका छन् ।
यद्यपि, प्रहरीले भने एमसीसीको विरोध गर्ने अर्को जमातले उत्तेजक प्रवृत्ति देखाएको र उनीहरूलाई तितरबितर पार्ने क्रममा युवा संघका नेता/कार्यकर्ता पनि परेको बताएको छ । नेपाल प्रेसबाट
प्रतिक्रिया