वामदेव गौतम, वेदुराम भुषाल, गौरा प्रसाई लगायत झण्डै एकदर्जन केन्द्रीय नेता र सांसदहरुले पार्टी छोड्दा पनि लुम्विनी प्रदेशका ९६.३३ प्रतिसत जनप्रतिनिधिहरु नेकपा एमालेको पक्षमा उभिएका छ्न ।पार्टी विरुद्धको घेरावन्दीको समयमा पार्टीको पक्षमा उभिनुहुने सम्पूर्ण जनप्रतिनिधिलाई लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री तथा एमाले नेता शङकर पोखरेलले बधाई दिएका छन ।
कुनै प्रकारको भ्रम र अन्योलमा नपरी आत्मविश्वासका साथ पार्टी काममा जुट्न सम्पूर्ण जनप्रतिनिधिहरुलाई आग्रह गर्दै पोखरेल लेख्छन् ” समग्रतामा जनप्रतिनिधिहरुका वीचमा देशभरीमा औसतमा १०प्रतिशत भन्दा कमको क्षति भएको छ । जनस्तरमा जाँदा त्यो क्षति निकै न्युन रहने निश्चित छ । त्यस न्युन हिस्साको पुर्ति त नेकपाको एकताको विरासतवाट सजिलै प्राप्त गरिने छ ।अध्यादेशको षडयन्त्रवाट पार्टीले जे जति क्षति व्यहोर्नु परेको छ, छोटो समयमै त्यो भन्दा कयौं गुणा ज्यादा उपलव्धि हासिल गर्ने संकल्प पार्टीले लिएको छ । यस्तो अवस्थामा कुनै प्रकारको भ्रम र अन्योलमा नपरी आत्मविश्वासका साथ पार्टी काममा जुट्न सम्पूर्ण कमरेडहरुलाई हार्दिक अनुरोध छ । “त्यस्तै एमाले सबैभन्दा ठूलो पार्टी हुने भन्दै पोख्रेल लेख्छन् “लुम्विनी प्रदेशमा नेकपा(एमाले)वाट एकिकृत समाजवादीमा जानेमा नेतृत्व तहका वेदुराम भुषाल, गौरा प्रसाई, भागवत विश्वासी, मेटमणी चौधरी र रामकुमारी झाक्री रहेका छन् भने पार्टी छोड्नु भएका वामदेव गौतम् उमेरहदका कारण कार्यकारी भूमिकामा रहने अवस्था थिएन । लुम्विनी प्रदेशमा एकता प्रकृयावाट त्यो भन्दा ठुलो नेतृत्व तहकै पंक्ति नेकपा(माओवादी केन्द्र)वाट नेकपा(एमाले)मा जोडिएको छ । जस्मा टोपवहादुर रायमाझी, मणिचन्द्र थापा, गिरिधारीलाल न्यौपाने, दधिराम न्यौपाने, दिनेश पंथी, नविन रोकामगर र चन्द्र खडका लगायत हुनुहुन्छ । यसवाट पनि विभाजनको असर सहजै मेटिने देखिन्छ । लुम्विनी लगायत देशका अन्य भागको अवस्था पनि लगभग यस्तै हो । पार्टी विभाजनको चुनौतीलाई यसरी सहजै समाना गरेर आयोजना हुने महाधिवेशन पछि नेकपा(एमाले) विगतको तुलनामा अझ सवल, सुदृढ र एकतावद्ध हुनेछ । त्यस पछि तीनै तहको निर्वाचनवाट वहुमत सहितको पहिलो पार्टी बन्न सफल हुनेछ ।”
प्रतिक्रिया