“एस” पार्टीका अध्यक्ष माधवकुमार नेपाल आफुसँग राजनैतिक शक्ति (पावर) भएन भने पानी विनाको माछोजसरी छट्पटीन थाल्दछ्न। उनको “x” पार्टी नेकपा एमालेमा हुँदा उनलाई सम्पुर्ण शक्तिसहित नेतृत्व दिईएको थियो तरपनि नेपालमा यति धेरै छट्पटीपन देखिन थाल्योकी उनलाई होली वाईन नपिएसम्म निद्रा लाग्न समेत छाड्यो। यो कमजोरीलाई उनले बर्षौसम्म लुकाएर राखे। उनले लाखौं एमाले कार्यकर्तामाझ आफुले यशुलाई गोप्यरुपमा स्वीकार गरिसकेको लुकाएर राखे। पितृकार्य गर्दा समेत उनले हिन्दु परम्परा भुले र कार्यकर्तालाई कम्युनिस्टहरुले बा आमाको क्रियाकाज गर्नुहुदैन भन्ने गलत सूचना प्रवाह गरे।जुन काम नेपालले कम्युनिस्ट आचरण भन्दा नि होली वाईनबाट प्राप्त हुने आर्थिकलाभको लागी गरेका थिए भन्ने कुरा गुपचुप राख्न मात्र सफल भएनन,अन्य राष्ट्रप्रेमी नेतालाई समेत छलेर यशुको दर्शन गर्न पुर्याए।
उनलाई उनका सहकर्मी नेता सिपी मैनालीले किटानीका साथ भने “वामदेव गौतमले पार्टी पुटाउन करोडौं लिए भने माधव नेपालले अरबौ लिए।

माधव नेपाल राष्ट्रप्रति कति धेरै वफदार रहेछ्न भनेर यो भन्दा धेरै ब्याख्या गरिरहनु पर्दैन होला। उनको ईमान ,इज्जत र राष्ट्रप्रेम पुन एक पटक देखिएको छ ।

नेपाल नेपालका पुर्वप्रधानमन्त्री समेत हुन ।अन्तर्राष्ट्रिय जगतले  उनको हरेक गतिविधि नियालीरहेको हुन्छ। शक्तिका पुजारी नेपालले शक्ति अभावमा अर्का पुर्व प्रम बाबुराम भट्टराईले जस्तै “कु”गर्न पुगे ।भट्टराईले शक्ति गुम्ने भयले नेपालको चुच्चे नक्साको चुच्चो भारतले थाहा पाउलाकी भनेर तौलीयाले चुच्चोलाई छोपेका थिए।अहिले नेपाल भट्टराईले भन्दा धेरै छलाङ मारेर एक कदम अगाडि निस्किएका छ्न।

एमसिसी कार्यन्वयन गर्न त्यसका उपाध्यक्ष सहितको टोलि नेपाललाई भेट्न गए तर कुण्ठित मानसिकता भएका नेपाललाई पुन भयले गाँजेको देखिन्छ। कतै केपीले जस्तै जताततै चुच्चे नक्सा र नेपालको झन्डा राख्यो भने मलाई बिदेशीले नपत्याउने हुनकी भन्ने भय नेपालमा छ्छ्ल्कीएको देखिन्छ। त्यसैले होला पुर्वप्रधानमन्त्री जस्तो गरिमा बोकेको मान्छेले अन्तर्राष्ट्रिय भेटघाट गर्दा आफ्नो देशको नक्सा र झन्डा गायब बनाए।

देशको अस्तित्व झल्काउने सम्पुर्ण बस्तु लुकाएर नेपालले आफू विदेशीसामु लम्पसार परेको घण्टी बजाईरहदा नेपालीहरुले माधव नेपाललाई राष्ट्रिय नेता स्वीकार गरीदिन पर्लार ?