आफ्नो मन चित्तबुझ्दो निर्णय नआएमा आफुलेले नेकपा एमाले र एकीकृत समाजवादी त्यागेको घोषणा गर्ने दिन आउन सक्ने एमाले रामेछाप नेता ज्ञानकुमार श्रेष्ले बताएका छन।
एमाले बिभाजनको संघारमा पुगेको बेला माधवकुमार समुहको कित्तामा आफुलाई उभ्याएका श्रेष्ठले आफू जबजद्वारा प्रेरित भएको हुँदा उक्त समूहले जबज नअपनाउनु र केपी ओलीले आफ्नो निरङ्कुस प्रवृत्ति नछाड्नुले मेरो वहिर्गमन अन्यत्र हुन सक्ने श्रेष्ठले बताएका छ्न।उनी माओवादी केन्द्रसँग निकटता बनाएर त्यतै जान सक्ने रामेछापका एक एमाले नेता बताउँछन् ।
श्रेष्ठले यस्तो प्रतिक्रिया दिईरहदा ऊनी बाग्मती प्रदेश योजना आयोगका सदस्य भएका छ्न । आफुले पार्टी त्याग्न सक्ने प्रतिक्रिया दिएका श्रेष्ठलाई भने एमाले रामेछापले औधी माया गरिरहेको छ।पछिल्लो समय उनलाई जवर्जस्ती उनको भावना बिपरित एमाले नेताहरूले नेकपा एमाले रामेछाप जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन बिभाग प्रमुख क.ज्ञान कुमार श्रेष्ठ भनेर प्रचार गरिरहेका छ्न खैर उनले एमालेका यी दुई पद स्वीकार गर्लान या नगर्लान ,एमाले रामेछापमा ट्वीस देखापरेको छ।
प्रतिक्रिया