विचार र सिद्धान्तकाे विकास गर्दै सूचना सम्प्रेषण- प्रवाहदेखि  इतिहास, दस्तावेज र अन्य विवरणहरूको उपलब्धता सहज र सरल हुन आवश्यक ठहर गर्दै नेपाली काङ्ग्रेस रामेछापले सूचना प्रविधिसँग जोडिने निर्णय गरेको छ।

नेपाली कांग्रेसको पार्टीगत विवरणलाई प्रविधी मैत्री बनाउने संकल्प गरेको थिए । सोही प्रतिबद्धता अनुरूप, रामेछाप जिल्ला नेपाली कांग्रेसमा आबद्ध वडा, नगर, पालिका, क्षेत्र र जिल्ला तह सम्मका नेतृत्वकाे विवरण र सम्पर्क ठेगाना, समुर्ण क्रियाशिल सदस्यको नामावली, र भातृ संगठनहरुको विस्तृत जानकारीलाई वेवसाइटमा अभिलेखीकरण योजना रहेको जिल्ला सभापती लवश्री न्यौपानेले उल्लेख गरेका छ्न।

वेवसाइट निमार्ण भईसकेको र अभिलेख राख्ने प्रकिया अघि बढी सकेको काङ्ग्रेस सभापती न्यौपानेले आफ्नो पेजमा उल्लेख गरेका छ्न ।