काठमाडौँ । विभिन्न विद्याका ८५ जना सहसचिवहरुको सरुवा भएको छ । सरकारले नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा, र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा गरेको हो ।

नेपाल सरकार सामान्य प्रशासन मन्त्रालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सोही सहसचिवहरुलाई मन्त्रीस्तरीय निर्णयबाट मंगलबार कामकाजका लागि खटाउने निर्णय गरेका हुन् ।

प्रदेशको कार्यकाल सकेका र सङ्घबाट ती प्रदेशसरकारमा जानु पर्ने गरी करिब दुई दर्जन सहसचिवबाट सुरु भएको सूची निर्णय हुँदासम्म ८५ जना पुगेको हो । पछिल्लो समय त्यो सूची बढेर ५८ जनामा पुगेको थियो । उक्त सूचीमा समावेश भएका मध्ये केही सहसचिवहरूको फेरबदल मात्रै भएको मन्त्रालय स्रोतले  बताएको छ ।
सरुवा गरिएका सहसचिवकोहरुको पत्र तयारी अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।