निर्माण व्यवसायी संघ रामेछापको आशन्न निर्वाचनले रामेछापका निर्माण व्यवसायीहरुमा रौनकता ल्याएको छ। लामो समयपछि हुन गईरहेको निर्वाचनमा निर्माण व्यवसायीहरुले सम्भावित अध्यक्षका दावेदारहरुको बारेमा समेत जिल्लाब्यापी चर्चा परिचर्चा गर्न सुरु गरिसकेका छ्न।

बलराम श्रेष्ठ ,पदम लामा ,भरतप्रसाद दाहाल र दिपक थापाले अध्यक्षमा दाबी गर्ने लगभग पक्का-पक्की जस्तै देखिन्छ ।श्रेष्ठ र लामाले नेकपा एमाले र दाहाल र थापा नेपाली काङ्ग्रेसको सहयोगमा निर्माण व्यवसायी संघको निर्वाचनमा प्रतिस्पर्धा गर्ने छ्न ।

निर्माण व्यवसायमा उतिक्कै पोख्त र अनुभव  भएका निर्माण व्यवसायी श्रेष्ठ ,लामा,दाहाल र थापामा कस्ले निर्माण व्यवसायी संघ ,रामेछापको अध्यक्षमा बाजी मार्ला ? यो प्रश्नले रामेछापका निर्माण व्यवसायीमा अन्यौल पैदा भएको देखिन्छ तर चारै अध्यक्षको दाबेदारहरुले आफ्नो उम्मेदवारी सबैभन्दा बलियो हुने अनुमान गरिरहेको बुझिन्छ ।

समृद्ध नेपाल निर्माणका लागि बिकासमा अतुलनीय भुमिका निर्वाह गर्दै आएका निर्माण व्यवसायीको लामो समयमा हुन गईरहेको जिल्ला निर्वाचनमा निर्माण व्यवसायीरुले आफ्नो संघ र जिल्लाको हकहितमा हुने गरि कुशल नेतृत्व गर्न सक्ने व्यक्तिलाई अध्यक्षमा  प्रस्तुत गराउने समयको प्रतीक्षामा उनीहरू शिघ्र प्रतीक्षारत रहेकोे जिल्लामा भएको निर्वाचनको चहलपहलबाट प्रष्ट बुझ्न सकिन्छ ।