नेकपा(एमाले) मन्थली नगर संगठन कमिटीको चौथो बैठक एमाले रामेछाप जिल्ला पार्टी सचिब आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा मन्थली ,रामेछापमा सम्पन्न भएको छ ।

विभिन्न  प्रस्ताव पारित गर्दै  मन्थली नगरपालिकका सबै वडामा मिती २०७८/०६/०४ गते देखि १० गते सम्म वडा कमिटीको बैठक राख्ने निर्णय नगर संगठन बैठकले गरेको छ ।  वडा कमिटीको बैठकमा सम्बन्धित वडाका नगर कमिटी सदस्य अनिबार्य उपस्थित हुनु पर्ने र जिल्ला कमिटी सदस्यहरुको सहजिकरणमा बैठक सञ्चालन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकको अध्यक्षता नगर कमिटी अध्यक्ष कृष्णहरि अधिकारीले गरेका थिए भने संचालक नगर कमिटी  सचिव रामबाबु घिमिरे थिए। बैठकमा   सरस्वती बस्नेत , झम्क कँडेल , ध्रुवकुमार कार्की, प्रकाशकुमार कार्की, गोपाल श्रेष्ठ , दिनेश सुवेदी लगाएतले आफ्नो मन्तव्य राखेका थिए।