काठमाडौँ- पूर्वप्रधानसेनापति सच्चित शम्शेर जबराकी श्रीमती आशा राणाले फलोअर्सका छोरीलाई छात्राबृत्ती दिने उद्देश्यले १५ लाख ५ रूपैयाँको अक्षय कोष स्थापना गरेकी छन् ।

पूर्वप्रधानसेनापति सच्चित राणाको स्मृतिमा उनले पेन्सन वापत आउने मासिक ३६ हजार रूपैयाँ र कल्याणकारी कोषले मासिक दिने एकल नारी भत्ता २ हजार रूपैयाँ समेत अक्षय कोषमा जम्मा गर्ने घोषणा गरेकी हुन् ।

नेपाली सेनाका अनुसार अक्षय कोषको रकम सैनिक आवासीय मावि भक्तपुरमा कक्षा ११ बाट १२ मा जाँदा प्रथम हुने फलोअर्सका छोरीले पाउनेछन्।

फलोअर्स सेनामा सबैभन्दा तल्लो तहको पद हो । फलोअर्सका छोरी नभएमा सैनिक र सैनिकका छोरी नभएमा प्युँठका छोरीले पाउने नेपाली सेनाले जनाएको छ । सेनाका अनुसार प्युँठका छोरी नभएमा अमल्दार र अमल्दारका छोरी नभएमा हवल्दारका छोरीले सो रकम पाउनेछन्।