जुम्लाको हिमा गाउँपालिकामा एक व्यक्तिको भिरबाट लडेर मृत्यु भएको छ । हिमा गाउँपालिका ७ का ५८ वर्षीय रत्नप्रसाद अधिकारीको शुक्रबार बेलुका भिरबाट लडेर मृत्यु भएको गाउँपालिका अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने “वनपाखामा गाईगोरु खोज्न गएको अवस्थामा भिरबाट लडेर मृत्यु भएको हो ।”
यहाँको वनपाखा, जंगल बढी भिरालो भएकाले पनि काम गर्न जाने क्रममा लडेर अकालमै मृत्यु भएका घटना धेरै छन् । यहाँको जमिन नै भिरालो भएकोले आफै नै सचेत हुनु पर्ने गाउँपालिका अध्यक्ष रजनबहादुर शाहीले बताएका छ्न । भिरबाट लडेर निधन भएका रत्नप्रसाद अधिकारीको शोकाकुल परिवार प्रति धैर्य धारण गर्ने शक्ति पैदा होस भन्दै गाउँपालिकाले श्रद्धाञ्जली व्यक्त गरेको छ । महिला जागरण डटकमबाट
प्रतिक्रिया