२०७८ साल असोज २ गते शनिबारका दिन दमक अपाङ्ग सहयोग समितिको  २०औं  साधारणसभा तथा ९ औं अधिवेशन संस्थाका अध्यक्ष खगेन्द्रबहादुर भट्टराई को अध्यक्षता, झापा जिल्ला क्षेत्र नं. ५ (ख) का प्रदेश सभा सदस्य एवं सुशासन तथा योजना समितिका सभापति माननीय अर्जुन राईको प्रमुख आतिथ्यतामा एकीकृत अपाङ्गता पुनःस्थापना केन्द्र  दमक नगरपालिका वडा नं. ४  ताराबारीमा सम्पन्न भयो।

कार्यक्रममा अतिथिको रूपमा राष्ट्रिय अपाङ्ग महासंघका संघीय कार्यसमिति सदस्य मञ्जु खनाल, प्रदेश नं. १ महासंघ कार्यसमिति सदस्य दुर्गा भन्डारी, जग्गा दाताहरू कृष्णप्रसाद खतिवडा र टंक सिटौला, दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, उपप्रमुख एवं स्थानीय समन्वय समितिका संयोजक गिता अधिकारी, झापा क्षेत्र नं. ५ का संघीय संसद एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली ज्यूका प्रतिनिधि होमबहादुर थापा, दमक नगरपालिका  वडा नं. ४ का अध्यक्ष कुमार साम्सुहाङ्ग, साझेदार तथा सहयोगी संस्थाहरू दमकमा क्रियाशील लायन्सहरू, मेचीमहाकाली बुहारी समुह, असाय मानव सेवा आश्रम, भुटानी शरणार्थी अपाङ्ग संघ, अपाङ्ग बालअस्पताल बनेपाका झापा प्रतिनिधि श्याम पोख्रेल, स्थानीय टोल बिकाश संस्थाहरू  उदय टोल बिकाश संस्था, प्रगति टोल बिकाश संस्थाका प्रमुख तथा प्रतिनिधि हरू सँगसँगै संस्थाका आजिवन सदस्य, साधारण सदस्य अभिभावक सदस्य, अपाङ्ग भएका व्यक्तिहरूका परिवारका सदस्यहरू उत्साहजनक उपस्थितिमा रहेको थियो।

अतिथिको रूपमा उपस्थित महानुभावहरूले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो। वडा अध्यक्ष कुमार साम्सुहाङ्ग, संसद प्रतिनिधि होमबहादुर थापा, नगरप्रमुख रोमनाथ ओली, उपप्रमुख गिता अधिकारी ज्यूले संस्थाका सबै गतिविधि हरूको जानकारीमा रहेको बताउदै आगामी दिनहरूमा सरकारी तथा गैरसरकारी स्थानीय, प्रदेश र संघीय तहका सबै किसिमका संघसंस्था सँग समन्वय, सहकार्यका निमित्त आवस्यक सिफारिस, समन्वय र नेतृत्व गर्न स्थानीय सरकारले गरिरहेको जानकारी गराउदै आवस्यकता अनुसारका कामहरूमा सधै तयारी रहेको जानकारी गराउनु भएको छ।

खुल्ला शत्रको कार्यक्रम समापन सँगसँगै कार्यक्रममा दमकमा क्रियाशील लायन्स कलब हरूले संस्थाको समन्वयमा १५० जना लाई खाजा र पानीको व्यवस्थापन गर्नुभएको थियो। खाज पश्चात् शुरूवात भएको बन्द शत्रबाट  आर्थिक बर्ष २०७७-०७८ को संस्थाको प्रगति प्रतिवेदन कार्यसमितिको तर्फबाट संस्थाका अध्यक्ष खगेन्द्र बहादुर भट्टराई द्वारा प्रस्तुत गर्नुभएकोथियो। आर्थिक बर्ष २०७७-०७८ को संस्थाको आर्थिक प्रतिवेदन कार्यसमितिको तर्फबाट कोषाध्यक्ष अनिता रेग्मी द्वारा प्रस्तुत गर्नुभएको थियो। प्रगति प्रदेतिवेदन तथा आर्थिक प्रतिवेदन माथि कार्यक्रम उपस्थित अतिथि ज्यूहरु, प्रमुख अतिथि ज्यू साथै संस्थाका आजिवन सदस्य, साधारण सदस्य, अभिभावक सदस्य ज्यूहरूको महत्त्वपूर्ण सुझावलाई समेट्दै सर्बसहमतिले पारित गरिएको छ। बन्द शत्रको अर्को महत्त्वपूर्ण काम  ९ अौं अधिवेशन समेत भएको हुनाले कार्यसमितिको निर्वाचन समेत गर्नुपर्ने भएकोले राष्ट्रिय अपाङ्ग महासंघ नेपाल संघीय कार्यसमिति सदस्य  मञ्जु खनालको संयोजकत्वमा श्याम पोख्रेल र देविमाया गुरूङ्ग सदस्य रहेको तीन सदस्यीय निर्वाचन मन्डल बनाएको थियो। निर्वाचन मन्डलको काम सफल पुर्वक सम्पन्न गर्दै निर्वाचन मन्डलले आगामी दुई बर्षे कार्यकाल सफल बनाउनका निमित्त  खगेन्द्र बहादुर भट्टराई ज्यूको अध्यक्षता तपशिल अनुसारको कार्यसमिति चयन गर्दै निर्वाचन समितिको काम सम्पन्न गरेको थियो। निर्वाचन समितिको तर्फबाट नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य ज्यूहरूलाई पद तथा पोपनियताको सफतग्रहण गराउदै निर्वाचन मन्डलका अध्यक्ष ज्यूले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य शुभकामना दिनुभएको थियो। उक्त कार्यक्रममा नवनिर्वाचित कार्यसमितिको तर्फबाट अध्यक्ष खगेन्द्र बहादुर भट्टराईले प्रतिबद्धता मन्तव्य राख्नु भएको कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका अध्यक्ष ज्यूलाई निर्वाचन मन्डले संस्थाका माइनोट लगाएका आवश्यक सबै कागजहरू हस्तान्तरण गर्दै सम्पन्न भएको कार्यक्रमको खुला शत्रको कार्यक्रम संस्थाका सचिव मदनकुमार बोहोले सञ्चालन गर्नुभएको थियो।

तपशिल                                             प्रतिनिधित्व
१) अध्यक्ष – खगेन्द्रबहादुर भट्टराई                शारीरिक अपाङ्गता
२) उपाध्यक्ष – भक्तबहादुर बस्नेत                  शारीरिक अपाङ्गता
३) सचिव  –    मदनकुमार बोहोरा                 शारीरिक अपाङ्गता
४) सह- सचिव – रोमनाथ भान्डारी                अभिभावक बौद्धिक
५) कोषाध्यक्ष – अनिता रेग्मी                         श्वर बोलाई
६) सह-कोषाध्यक्ष – चम्या न्यौपाने                 सुस्त श्रवण
७) सदस्य          –     सबिन रिजाल               अभिभावक अटिजम
८) सदस्य        –         गोमा खड्का               न्यून दृष्टि
३ जना सदस्य कार्यसमितिले थप गर्न सक्नेछ