नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय समितिको दोस्रो बैठक आज बस्दैछ । क्वालिटी ब्यांकेट बुद्धनगरमा बैठक बस्ने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
चन्द्रागिरी रिसोर्टमा दुई रात नेता कार्यकर्ता थुनेर पर्यटक बस चढाएर निर्वाचन आयोग पुर्याएर नेकपा एस जन्मिएको थियो । गत भदौमा नेकपा एमालेबाट अलग भई माधवकुमार नेपालको नेतृत्वमा नेकपा एस गठन भएको थियो ।
दोस्रो केन्द्रीय समिति बैठकले संगठनको निर्माण, कार्यदिशा र आगामी रणनीति तय गर्ने बताइएको छ । साथै सरकारमा सहभागिता र प्रभावकारिता विषयमा पनि छलफल हुनेछ । केही नेताको जिम्मेवारी हेरेफेर गर्ने पनि कार्यसूची छ । बैठक बुधबारसम्म चल्ने छ । दैनिकी डटकमबाट
प्रतिक्रिया