काठमाडौँ । बुधबार आज नेपाली बजारमा सुनमो मूल्यमा भारी वृद्धि भएको छ । आज एकैदिन सुनको मूल्य ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मूल्य बढेसँगै प्रतितोला छापावाला सुन ९० हजार १०० रुपैयाँ र तेजाबी सुन ८९ हजार ६५० रुपैयाँ कायम भएको छ।

हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ८८ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।

आज चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले बढेर १ हजार १६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ बढेर चाँदी १ हजार १४० रुपैयाँमा कारोबार भएको थियो।

२०७८ असोज ६ गते प्रकाशित