जिल्लामा शान्ति व्यवस्था र सुशासनलाई निरन्तरता दिन प्रमुख जिल्ला अधिकारी दिपकुमार पहाडीले रामेछापमा सक्रिय राजनैतिक दलहरुका प्रतिनिधिसँग सामान्य अन्तरकृया कार्यक्रम गरेका छ्न।

उक्त कार्यक्रममा जिल्लामा भएका विभिन्न समस्याहरुबारे छलफल भएको थियोे । जिल्लामा आएका नयाँ प्रजिअले लिखुतामाकोशी गाउँपालिकाका जनप्रतिनिधिहरुको बिवादले विकासमा पुर्याएको अबरोधको बारेमा चासो देखाएका थिए।त्यस्तै उनले रणजोर खोलामा देखिएको र हुने समस्यामा समेत प्रजिअले चासो देखाएका थिए।

छलफल कार्यक्रममा नेकपा एमालेबाट पार्टी सचिव आनन्द श्रेष्ठ ,पुर्व एमाले पार्टी सचिव पुरुषोत्तम कडरिया, नेपाली काङ्ग्रेसका सचीव लेखबहादुर कार्की, माओवादीका दिपक प्रसाईं ,राप्रपाका रामचन्द्र कँडेल र जसपाकी मन्जु माझी लगाएत प्रतिनिधिहरुको उपस्तिथिमा छलफल कार्यक्रम भएको थियो।