नेकपा एकीकृत “एस” रामेछापले भोलि जिल्ला भेला मार्फत पार्टीको नेतृत्व चयन गर्ने बुझिएको छ।
निर्वाचन आयोगमा भएको जनप्रतिनिधिहरुको सनाखत र नेकपा एमालेबाट “एस” पार्टीमा नेताकार्यकर्ता प्रवेश गर्नेको सङ्ख्या न्यूनतम भएतापनी “एस” पार्टीको अध्यक्षमा ३ जनाको दावी रहने समाजवादीका एक नेताले बताएका छ्न।
यद्यपी मन्थली नगरपालिकाका नगरप्रमुख रमेश बस्नेत नेकपा एकीकृत समाजवादीको अध्यक्षमा चयन हुने प्रवल संभावना रहेको बुझिएको छ। पार्टीमा पुराना कम्युनिस्ट नेताहरूको उल्लेख सङ्ख्या रहेको कारण अध्यक्षमा यसै भन्न नसकिएपनी बस्नेतको अध्यक्ष हुने संभावना बलियो रहेको एस पार्टीका युवा नेता दिपक बुढाथोकीले तिनलाल खबर डटकमलाई बताएका छ्न।उनले भने”भोलि जो भएपनी सर्वसम्मत अध्यक्ष चयन गरिनेछ।”
प्रतिक्रिया