बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले स्थानीय तहका वडासम्म गुनासो तथा सुझाव पेटिका राख्ने भएको छ । सेवालाई प्रभावकारी बनाउँदै जनविश्वास अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा तहसम्म सुझाव पेटिका राख्ने तयारी थालेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

आइतबारदेखि प्रदेशको रसुवाबाहेक अन्य ९ जिल्लाका स्थानीय तहका १ सय ५१ वटा वडाबाट सुझाव पेटिका राख्न थालिने कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए । प्रदेशका सबै स्थानीय तहमा दुई चरणमा गरी सुझाव तथा गुनासो पेटिका राखिने भएको छ । चालु आर्थिक वर्षमा प्रदेशका कम्तीमा २० प्रतिशत वडामा गुनासो तथा सुझाव पेटिका राख्ने लक्ष्य प्रहरीले लिएको छ ।