नेकपा (एमाले) भिमाद नगर कमिटी,तनहुँ द्वारा आयोजित नगर स्तरीय बृहत भेला सम्पन्न भएको छ।
नगर कमिटी का अध्यक्ष ईमानबहादुर थापाको अध्यक्षतामा भेला सम्पन्न भएको थियो ।
नेकपा (एमाले) स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य किरण गुरुङ भेलाको प्रमुख प्रमुख अतिथि थिए भने ,नेकपा (एमाले) केन्द्रीय सदस्य गोविन्द नेपाली ,नेकपा (एमाले) तनहुँ अध्यक्ष एवं तनहुँ क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्य केदार सिग्देल,नेकपा (एमाले) केन्द्रीय सल्लाहकार सदस्य एवं संविधानसभा सदस्य टुकराज सिग्देल र राष्ट्रिय युवा संघ नेपाल का केन्द्रीय महासचिव रमेश आचार्य को विशेष आतिथ्य भेलामा थियो । भेलामा तनहुँ जिल्ला का स्थानीय नेताकार्यकर्ताहरुको उल्लेख उपस्तिथि रहनुका साथै साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।
प्रतिक्रिया