कम्प्युटर एसोसियसन नेपाल महासंघ (क्यान महासंघ), जिल्ला शाखा रामेछापको दोस्रो वार्षिक साधारणसभा  असोज १० गते भर्चुअल माध्यम ( zoom) जुमबाट सम्पन्न भएकाे छ ।

साधारणसभामा  प्रमुख अतिथि क्यान महासंघ केन्द्रीय सचिव शेखर दुलाल थिए ।केन्द्रीय सदस्य भानु शर्मा, वागमति प्रदेशका अध्यक्ष मनाेज कुमार न्याैपाने, सचिव किरण श्रेष्ठ, क्यान महासंघ जिल्ला शाखा रामेछापका सल्लाहकार संयाेजक दिनेशराज कार्की अतिथि थिए।

साधारणसभा सम्पन्न गराउन असहज परिस्थितिमा पनि आफ्नाे अमुल्य समय दिई  सहभागी हुनुहुने क्यान महासंघ रामेछापका सम्पूर्ण पदाधिकारी,व्यक्तिगत, संस्थागत तथा आजिवन सदस्य र सम्पूर्णमा क्यान महासंघ रामेछापले  शुभचिन्तकहरुमा हार्दिक धन्यवाद तथा आभार व्यक्त प्रकट गरेको छ।