रामेछापका आठ स्थानीय तहमा भएको काङ्ग्रेस अधिवेशनमा सस्थापन इतर समूहको प्रभाव बलियो देखिएको छ । सस्थापन इतर समूहले पाँच र सस्थापनले एकमा पालिका सभापतिमा बिजय प्राप्त गरेका थिए। मन्थली नगरपालिका सभापतिमा निर्वाचित शंकर अधिकारी र गोकुलगंगा गाउँपालिकाको सभापतिमा निर्वाचित मणिकुमार लामा तटस्थ छ्न।
रामेछाप काङ्ग्रेसमा संस्थापन इतरका सभापति लव श्री न्यौपाने छ्न। उनको नेतृत्वमा रहेको काङ्ग्रेसले पाँच पालिकामा सभापति जितेका छ्न। यदि तटस्थ रहेका दुई सभापति सस्थापनतिर खुलेभने पनि संस्थापन इतर काङ्ग्रेस रामेछापमा बलियो देखिन्छ। रामेछाप नगरपालिकामा कमलविक्रम कार्की, सुनापति गाउँपालिकामा जनक खड्का, खाँडादेवी गाउँपालिकामा तेज घिसिङ, लिखु तामाकोशी गाउँपालिकामा भोजराज खड्का र उमाकुण्ड गाउँपालिकाको सभापतिमा हिक्मत सुनुवार सभापति लब श्री न्यौपाने पक्षमा देखिएका छ्न । संस्थापन पक्षका केशव कुमार लामा दोरम्बा शैलुङ गाउँपालिकाको सभापतिमा निर्वाचितका थिए।
प्रतिक्रिया