प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को आसन्न  विधान महाधिवेशन असोज १५, १६ र १७ गते काठमाडौंमा आयोजना हुने गैइरहेको छ ।

विधान महाधिवेशमा  विधान संसोधन सम्बन्धी प्रस्ताव, राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदनहरु  प्रस्तुत हुनेछ्न। प्रतिनिधि परिषद्का सदस्यहरु विधान महाधिवेशनका सदस्यहरु हुने बिधान रहेतापनि प्रतिनिधि परिषद् नबनेकोले केन्द्रिय कमिटी र त्यसका सदस्यहरु, अनुशासन आयोगका प्रतिनिधि र सदस्य, लेखा परिक्षण आयोगका पदाधिकारी र सदस्य, निर्वाचन आयोगका पदाधिकारी र सदस्य, केन्द्रिय विभागका सचिवसहित १५ जना सदस्य, सल्लाहकार परिषद्का पदाधिकारी र सदस्य, ज्येष्ठ कम्युनिष्ट मञ्चका पदाधिकारी र सदस्यहरु बिधान महाधिवेशन का प्रतिनिधि हुनेछ्न।

त्यस्तै प्रदेश र सो सरहका पदाधिकारी र सदस्य, विशेष कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटीका पदाधिकारी र सदस्य, निर्वाचन क्षेत्रबाट महिला, दलित र खुल्ला एक सदस्य, जनसंगठनका पदाधिकारीमध्येबाट १० जना, पार्टी सदस्य रहेका संघीय संसदका सदस्य, पार्टी सदस्य रहेका प्रदेशसभा सदस्य, एमालेबाट निर्वाचित स्थानीय तहका प्रमसख र उपप्रमुख, एकता प्रक्रिया र विभिन्न ठाउँबाट छुटेका १० प्रतिशत मनोनितहरु  विधान महाधिवेशनको प्रतिनिधि हुनेछ्न।   करिव ३ हजार भन्दा धेरै  बिधान प्रतिनिधिहरुले महाधिवेशनमा सहभागिता जनाउने छ्न।

नेकपा एमाले रामेछाप बिधान महाधिवेशनमा कस्तो एजेन्डा लिएर प्रस्तुत हुन्छ? नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा बागमती प्रदेशका मन्त्री शान्तिप्रसाद पौडेल भन्नुहुन्छ ” पार्टी र संगठित सदस्य व्यबस्थित हुने गरि,बैचारिक संगठन निर्माणार्थ र पदिय होडबाजी घटाउने एजेन्डा लिएर हामी बिधान महाधिवेशनमा सहभागिता जनाउने छौ।
देश चलाउन संविधान र पार्टी चलाउन बिधान चाहिने भएकाले हामी तल्ला कमिटीमा भएका समस्याहरु समाधान गर्ने गरि  उपस्थित हुनेछौ।

त्यस्तै माथिल्लो कमिटीमा पद खोज्ने र चुनावमा तल्ला कमिटीमा झर्न खोज्ने प्रवृत्तिको अन्त्यका लागीपनि हाम्रो उपस्थिति रहने छ।यदि वडामा चुनाव लड्ने हो भने वडा कमिटीमै,पालिका ,प्रदेश र केन्द्र जहाँ बस्ने हो त्यही चुनाव लड्ने परिपाटीको बिकासमा लाग्नेछौ।”

नेकपा एमाले जिल्ला कमिटी रामेछापबाट प्रतिनिधित्व गरेका प्रतिनिधिहरुको नामावली
कमल चौलागाईं ,कैलाशप्रसाद ढुङ्गेल,शान्तिप्रसाद पौडेल,आनन्द श्रेष्ठ ,रत्नप्रसाद गौतम ,पुरुषोत्तम कडरिया, झम्क कँडेल,चित्रबहादुर कार्की,कुमार कार्की,गिता कार्की,उद्वब कडरिया,कमलप्रसाद कडरिया,मानबहादुर विक,पाल्देन लामा,भोजराज कडरिया, प्रेमबहादुर तामाङ ,मखमली श्रेष्ठ, गोविन्दबहादुर खड्का ,दिपशिखा दाहाल, शेरबहादुर सुनुवार,खड्गबहादुर सुनुवार,राधिका श्रेष्ठ नेवार,माया कार्की ज्ञानकुमार योन्जन टंकनाथ चौलागाईं, तुलाप्रसाद कँडेल ,भुवना घिमिरे