काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल ज्वरो र शारीरिक कमजोरीका कारण अस्पताल भर्ना भएका छन्।
उनी बुधबार साँझ त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन् ।
उनलाई भिआइपी उपचार कक्षमा भर्ना गरिएको छ। उनको अवस्था सामान्य रहेको अस्पतालका निर्देशक डा. दिनेश काफ्ले जानकारी दिएका छन्।
उनको उपचारसँगै कोरोना परीक्षणका लागि स्वाबसमेत संकलन गरिएको छ।
प्रतिक्रिया