सामाजिक संजालमा लेखेका तथ्यलाई आधार मानेर आफुप्रती लगाएको आरोप( वयर जातिको बोका खरिद प्रकरण) निराधार रहेको रामेछाप नगरपालिका वडा ६ का अध्यक्ष धनबहादुर खड्काले बताएका छन।

“कृषकले आफ्नै रोहवरमा खरिद गरेका बोकाबाख्रामा कसरी गडबडी हुन सक्छ। किसान आफैले तौलेर हेरेर बोका खरिद गरेका छन।हामीले सार्वजनिक खरिद बिक्रि ऎन अनुसार खरिद गरेर किसानलाई वितरण गरेका छौं। वितरण गरेपछि कस्को बोका घट्यो कस्को बढ्यो त्यस्को जिम्मा लिन सक्दैनौं।हामीले दानापानी बाँढेका थिएनौं। ” आफ्नो चरीत्र हत्या गर्ने नियतीका साथ चलाईएको प्रोपोगन्डा बारे बोल्दै खड्का बताउछन् “फेसबुकमा चरीत्र हत्या गर्ने उद्देश्यले प्रचार गरिएको छ। एक छिन अगाडि एक लाख पर्ने बोका भनेर फोटो खिचेर प्रसार गरिन्छ।एक छिन पछाडी अर्कै लेखिन्छ । त्यसकारण कपोकल्पित कुराको जवाफ दिन सकिदैन ।

निर्दोष व्यक्तिको चरित्र हत्या गर्ने गरि लेखिएको सामाजिक संजालका कुरामा भन्दा यथार्थ कुराको अध्ययन गरि आफ्नो धारणा राख्दा उचित हुने भन्दै खड्का भन्छन् “वडा अध्यक्षलाई दुई पैसा चलाउने अधिकार छैन ।नगरपालिकाले विधि अनुसार खरिद गरेको छ। अनावश्यक प्रोपोगन्डा मच्चाउनु भन्दा अख्तियारमा वा अन्य सम्बन्धित निकायमा उजुरी दिनु ,मैले गल्ती गरेको ठहर भए म जेल जान तयार छु।”

कुनै आधिकारिक निकायको रोहवरविना बोका तौलिएर गलत प्रचार गरिनु व्यक्तिगत रिसरागले उत्प्रेरित भइ मेरो चरित्र हत्या गर्ने घृणित षड्यन्त्र मात्र रहेको वडाअध्यक्ष खड्काको भनाई रहेको छ।