प्रजातन्त्रको मसिया ठान्दै आएको नेपाली काङ्ग्रेस रामेछापको महाधिवेशनको मतदान स्थलमा ढुङ्गामुढा भएपछि रोकिएको कांग्रेस मतदान सुचारु गर्न प्रमुख जिल्ला अधिकारीले बैठक डाकेका छन् ।

“पार्टीको आन्तरिक चुनाव सहिसलामत गराउन नसक्ने पार्टीलाई कसरी प्रजातान्त्रिक पार्टी भन्न सकिन्छ ,सशस्त्र हिंसाताकाका माओवादीका कार्यकर्ता र अहिलेका काङ्ग्रेस उस्तै उस्तै हुन कि जस्तोपो गराए” ,ढुङ्गामुढाको दृश्य देखेका मन्थलीका एक प्रत्यक्षदर्शीको भनाई रहेको छ।

६६८ सय मत खसेपछि शनिबार राति  १० बजेदेखि कांग्रेस रामेछापको जिल्ला सभापतिसहितको पदको लागि भईरहेको मतदान रोकिएको थियो । १४ सय १४ मतदाता रहेको जिल्लामा मतदान स्थलमा ढुङ्गा हानेको निहुँमा मतदान स्थगित गरिएको थियो।

शनिबार करिब १२ बजेबाट सुरु भएको मतदानमा धेरै समय कुर्नु परेको, आफ्ना मान्छेलाई लाईन बिनै सिधै भोट हाल्ने लाने गरेको, भोट हाल्ने ठाउँमा ४र५ जना एकै पटकमा लागेको भन्दै आक्रोशित कार्यकर्ताले ढुङ्गा हानेका थिए । ढुङ्गामुढापछि स्थगित भएको मतदान पुन: हुन सकिरहेको छैन।

जिल्ला सदरमुकाम मन्थलीमा कांग्रेस रामेछापको सभापति सहितको पदको लागि चुनाव भैरहेको छ ।

शनिबार भएको मतदान र मतपेटीका सबै जिल्ला प्रहरी कार्यालयमा दुई तर्फी चाबी लगाएर राखिएको छ। कार्यकर्तालाई सयम्ता अपनाउन, धैर्य गरान नसक्ने, सानो कुरालाई बाहिर ठूलो रुपमा देखाउने केही मानिसहरुको कारण समस्या आएको बुझिएको छ ।