काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारलाई मेलम्चीको पानी वैशाखसम्म ल्याउन चेतावनी दिएका छन् । बाढीका कारण अवरुद्ध भएको मेलम्चीको पानी वर्तमान सरकारले ल्याउनै नसक्ने दावी गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

विधान महाधिवेशनमा आफूले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा बोल्दै अध्यक्ष ओलीले १५ महिनापछि एमालले चुनाव जितेर सरकार बनाएपछि मात्रै मेलम्चीको पानी आउने बताए।

ओलीले भने, यो सरकारले वैशाखमा मेलम्चीको पानी ल्याउँछु भनेको छ। म चुनौती दिएर भन्छु– सरकारसँग इख छ भने वैशाखमा पानी ल्याएर देखाओस्। १५ महिनापछि एमालले चुनाव जितेर सरकार बनाएपछि हामीले नै पानी ल्याउने हो। यो सरकारले काम गर्दैन। टुनामुना गरेर पानी आउँदैन।’