काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले अध्यक्ष ढुंगानालाइ बर्खास्त गर्ने निर्णाय गरेको हो । ढुंगाना सर्वोत्तम सिमेन्टको सेयर कारोबार प्रकरणमा मुछिएका थिए ।
यसअघिनै अर्थमन्त्रालयको निलम्बनमा परेका ढुंगानालाई असोज ११ गतेको मन्त्रिपरिषद् बैठकले स्पष्टीकरण सोधेको थियो । मंगलबारको मन्त्रिपरिषद बैठककले स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै बर्खास्तीको निर्णय गरेको हो ।
सरकारले पछि झमेला हुनसक्ने भन्दै सबै कानुनी प्रक्रिया पूरा गरेर उहाँलाई बर्खास्त गरेको बताएको छ । ढुंगाना ‘बुक बिल्डिङ’ मार्फत सर्वसाधारणलाई साधारण सेयर बिक्री खुलाउने तयारीमा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिनु भएको थियो । बोर्डको अध्यक्षमा रहँदा उहाँले छोरी रेबिका ढुंगानाको नाममा उक्त कम्पनीको सेयर खरिद गरेको तथ्य बाहिरिएको थियो ।
२०७८ असोज २० गते प्रकाशित
प्रतिक्रिया