काठमाडौँ । माओवादी केन्द्रले बिहीबार मन्त्री बनाउने चार जनाको नाम टुंगो लगाएको छ।

मन्त्रिपरिषद् विस्तारमा बिहीबार माओवादीका तर्फबाट देवेन्द्र पौडेल, शशि श्रेष्ठ र महेश्वर गहतराजको नाम केन्द्रले टुंगो लगाएको हो । उनीहरुको शपथ बिहीबार नै हुँदै छ। ८६ औँ दिनमा शेरबहादुर देउवा नेतृत्वको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न लागेको हो।

मा‌ओवादीले बोधमाया यादवलाई राज्यमन्त्रीको जिम्मेवारी दिने भएको छ। माओवादीका तर्फबाट यसअघि जनार्दन शर्मा अर्थमन्त्री छन् भने पम्फा भुसालले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीको जिम्मेवारी सम्हालेकी छन्।