होटल क्राउन इम्पेरीयल रबि भवन, काठमाडौंमा राष्ट्रिय शारीरिक पुनःस्थापना सेवा प्रदायक संघ (NASPIR) को १२औं साधारणसभा तथा ५ औं अधिबेशन  यमनाथ मैनालीको नेतृत्वमा कार्यसमिति चयन गर्दै सम्पन्न भएको छ।

साधारणसभामा अध्यक्ष यमनाथ मैनाली द्वारा प्रस्तुत संस्थाको प्रगति प्रतिवेदन, कोषाध्यक्ष मिना पौडेल द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन परिमार्जन सहित सर्वसम्मत पारित गरी संघको बिधान संसोधनको निर्णय गर्दै तपशिल अनुसारको  कार्यसमिति सर्वसम्मत चयन भएको कार्यक्रम संस्थाका सचिव हितेश न्यौपानेले संचालन गर्नु भएको थियो।

अध्यक्ष :- यमनाथ मैनाली  DDHC
उपाध्यक्ष :- प्रह्लाद पराजुली HRDC
महासचिव :- नवीन दाहाल CBR
सचिव :- हितेश न्यौपाने NGMC
कोषाध्यक्ष :- मिना पौडेल PRERANA
सदस्य :- कृष्णराज भट्ट NNSWA
सदस्य :- बिष्णु गिरी  INF
पदेन सदस्य :- कपिल पोख्रेलPRERANA