बडादशैको उपलक्ष्यमा खेलाडीहरु बिच आत्मियता बढाउने र कायम राख्ने उद्देश्य राखी पिस फिट्नेस सेन्टर(PFC) पेस्सिकोलाले  तीन (३)दिने आन्तरिक ब्याड्मिन्टन प्रतियोगिता सम्पन्न गरेको छ। मेन्स डबल्स तर्फ  ४५ जना खेलाडीले प्रतियोगितामा सहभागिता जनाएका थिए भने मेन्स सिङ्गल तर्फ ३२ जना खेलाडी प्रतियोगितामा सहभागी भएका थिए।

मेन्स डबल्स तर्फबाट संस्थाका अध्यक्ष  सन्जय कपाली र नेपाल सरकारका सचीव तोयम रायमाझीको जोडिले प्रथम , पिस फिट्नेस सेन्टर (PFC) का अर्जुन श्रेष्ठ र नरेन्द्र सिङ्गको जोडिले द्वितीय र  सन्तोष बुढाथोकी र माधब आचार्यको जोडिले तृतीय स्थानमा बिजय प्राप्त गरेका थिए ।

त्यस्तै मेन्स सिङ्ग्ल तर्फबाट संस्थाको अध्यक्ष  सन्जय कपालीलेनै प्रथम स्थानमा बाजी मारेका थिए भने दोस्रो स्थान पिस फिट्नेस सेन्टर (PFC) का  बबिन केसिले प्राप्त गर्न सफल भएका थिए।तेस्रो स्थानमा अबिनास कार्की बिजय भएका थिए।प्रतियोगिताको बेस्ट खेलाडीको उपाधी उमेश धितालले पाए भने अनुशासित खेलाडीमा कृश्नहरी प्रसाईं ,बेस्ट महिला खेलाडीमा शर्मिला केसिले उपाधी जितेका थिए।

इन्द्र प्रसाईं प्रतियोगिता संयोजक रहेको उक्त प्रतियोगिताको रेफ्री अन्तर्राष्ट्रिय रेफ्री कृतन खड्का थिए।

सिनामङ्गल नगर सेवा समाजका अध्यक्ष , नेपाल सरकारका पुर्ब सहसचिब तथा वरिष्ठ साहित्यकार  प्रतीक ढकाल प्रमुख अथिती रहेका उक्त कार्यक्रममा
विशिष्ट अतिथी  नेपाल सरकारका सचीव  तोयम रायमाझी थिए। सोना सिमेन्टका डाइरेक्टर होम पाण्डे ,सिनामंगल नगर सेवा समाज का सल्लाहकार समिति संयोजक कालिदास देवकोटा,सिनामंगल  नगर सेवा समाजका महासचिब बिजय पौडेल अतिथि थिए।

तिनलाल मिडिया प्रालीका अध्यक्ष तथा प्रतियोगितामा सहभागी  एक खेलाडी हरिबङ्स कडरियाले प्रतियोगीता बारे जानकारी दिदै भने”प्रत्येक  बर्षको दशैमा शुभकामना सहित पेप्सिकोला स्थित  पिस फिट्नेस सेन्टर  (PFC )को आफ्नै कभर्डहलमा आन्तरिक ब्याडमिन्टन  प्रतियोगिता हुँदै आएको छ। “स्वास्थ्यको लागि खेल” भन्ने नारालाई आत्मासाथगरी यस्ता कार्यक्रम गर्दै र  विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुँदै हामी  आएका छौं ।”