३ कात्तिक, काठमाडौँ । नेकपा एमाले रामेछापका उपसचिव झम्क कँडेलले नेकपा एमालेको दासत्व स्वीकार गरेका छ्न। केहिदिन अघि तिनलाल खबरसँगको कुराकानीमा कँडेलले एमालेमा देवत्वकरण मात्र नभएर दासत्वकरणपनि सुरु भएकोले आफू नेकपा समाजवादीमा जाने बताएका थिए। उनलाई नेकपा “एस”ले केन्द्रिय सदस्य र जिल्लाको सह ईन्चार्जको जिम्मेवारी तोकेको थियो। उनले आज नेकपा एमाले वागमती प्रदेश सदस्यको सपथ लिएर “न भाले न पोथी” हुनबाट जोगिएका छ्न।
पार्टीमा धेरै भन्दा धेरै सदस्यता हुनु राम्रो हो तर अराजकताको भिडले पार्टीलाई फाईदा भन्दा बेफाइदा हुने देखिदै आएको छ । एमाले रामेछाप यस्तो पार्टी बन्दै गैइरहेको छ कि जसलाई जिल्लाका पदाधिकारीलेनै जतिबेला मनपर्छ उति बेला पार्टी त्याग्ने र भित्रीने प्रवृत्तीले प्रसय पाईरहेको देखिन्छ। रामेछाप एमालेलाई यस्तो प्रवृत्तिले उसलाई कुन स्थानमा राख्छ त्यस्को उत्तर समले देला तर अहिले रामेछापका एमाले नेतृत्व दुरदर्शितामा कमजोर भएको किन नबुज्ने ? प्रश्न खडा भएको छ।
एमालेमा दासत्वकरणको अन्त्य भएको हो त ? कँडेलसँग तिनलाल खबरले राकेको जिज्ञासाबारे बुझ्न खोज्दा नेटवर्क समस्याले भोलि बिहान सम्पर्कमा आउने बताएका छ्न।
माधवकुमार नेपालको नेकपा एकीकृत समाजवादी पार्टीका अर्का एक जना केन्द्रीय सदस्य नेकपा एमालेमै फर्किएका हुन । माधव नेपालले जिम्मेवारी तोकेर कार्यविभाजन गरिसकेका दुई केन्द्रीय सदस्यले उनको पार्टी छाडेका हुन ।
त्यसरी नेकपा एस छाडेर एमालेमै फर्किनेमा ललितपुरका प्रेम महर्जन र रामेछापका झम्क कँडेल रहेका छन । उनीहरू दुबैलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको थियो ।
बुधबार काठमाडौँको राष्ट्रियसभा गृहमा भएको एमालेको बागमती प्रदेशको अधिवेशन आयोजक कमिटीको बैठकमा महर्जन र कँडेल उपस्थित भएर आफूहरू मुलघर एमालेमै रहेको बताए ।
प्रतिक्रिया