४ कार्तिक ,नेकपा एमाले  रामेछापले पर्सि ६ गते एकसाथ ६२ वडामा  अधिबेशन गर्दै छ।  दोरम्बा गाउँपालिकाका २वडामा अधिवेशन सम्पन्न भैसकेको छ। अधिवेशनको तयारी लगभग पूरा भएको  नेकपा एमाले रामेछाप प्रचार बिभागले जानकारी गराएको छ। वडा कमिटी ३१ सदस्यीय हुने छ भने पदाधिकारी हरुमा अध्यक्ष ,उपाध्यक्ष ,सचीव र दुई उपसचिव र सदस्य हरु निर्बाचित हुने छ्न।  आफुले गरेको तयारीबारे आज दिउँसो ३ बजे मन्थली पार्टी कार्यलयमा प्रेस मिट गरेर  जानकारी दिने नेकपा एमालेले  बताईएको छ।

नेकपा एमालेले ६२ वटा वडामा एकसाथ अधिवेशन गर्न गैइरहेको छ ,एमालेले अधिवेशन सम्पन्न गर्न के के तयारी गरेको छ  र यस्को व्यवस्थापन कसरी गर्ला ,तिनलाल खबरको प्रश्नमा नेकपा एमाले जिल्ला कमिटी प्रचार बिभाग प्रमुख प्रकाशकुमार कार्की भन्छ्न”वडा भित्र का  पार्टी सदस्यहरु को उपस्तिथिमा अधिबेशन सम्पन्न हुने छ । प्रबिधिले साथ दिएका वडाहरुमा पार्टीका आदरणीय अध्यक्ष केपि शर्मा ओलिले भर्चुअल माध्यमबाट सम्बोधन गर्नु हुने छ।

अधिबेशन सफल बनाउन   जिल्ला कमिटी, नगर/गाउँपालिका कमिटी र माथिल्लो कमिटीका नेताहरुले सहजीकरण गर्नुहुने छ।”