मैना थापा
४ कार्तिक ,नेकपा एमाले रामेछापले रामेछापका ६१ वडामा अधिवेशन एकसाथ गर्न गईरहेको छ। प्रबिधि र प्रकृतिले साथ दिएमा सम्पुर्ण वडाको अधिवेशन नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने छ्न।
एमाले रामेछापलेपनि वडा अधिवेशनको तयारी लगभग पूरा गरेको छ। अन्य पार्टीबाट एमालेमा भित्रीने क्रमपनि जारी छ। यस्तो अबस्थामा पक्कैपनि पार्टी कार्यलयमा चहलपहल बढ्नु स्वभाविक देखिन्छ। सङ्सँगै पार्टीको संगठित सदस्यको कामपनि चलिरहेको छ।
कार्तिक चार गते नेपाली काँग्रेस त्यागेर कठजोरका शेखर अधिकारी एमालेमा प्रवेश गरेका थिए। उनी एमालेमा प्रवेश र प्रेस मिट गरेको फोटोले रामेछापका एमाले नेताका सामाजिक वाल रङ्गिएको छ। यो राम्रो कुरा हो तर एमाले नेताहरू आफै सहभागी भएको बिधान महाधिवेशनबाट पारित भई परिवर्तन भएको पार्टीको नयाँ लोगोलाई बिर्सिनु भनेको राम्रो हुन सक्दैन ।
केन्द्रले समेत बलियो पार्टी संरचना भएको जिल्लाको रुपमा हेर्दै आएको जिल्लाको पार्टी कार्यलयमा लोगो आज सम्म परिवर्तन भएको छैन। एक जना हैन दुई जना हैन कम्तीमा चालीस भन्दा धेरै महाधिवेशन प्रतिनिधिको हैसियतमा महाधिवेशनमा सहभागी भएका थिए। पक्कैपनि प्रतिनिधिहरुले लोगोको बारेमा जानकारी राखेका थिए होला।
युवा नेताहरुको बिशेष पहलमा पार्टी कार्यलयको कोठा, भित्तामा एमालेको पुरानो लोगो बनाईएको थियो । एमालेको पार्टी कार्यलय पुरानो लोगो सहितको अन्य सजावटपनि उत्कृष्ट देखिन्छ तर लोगो परिवर्तन भएको आधा महिना बितिसक्दा समेत एमालेले पार्टी कार्यलयमा आफ्नो लोगो परिवर्तन नगरी पुरानै लोगोले काम चलाईरहेको छ।
सर्सर्ती हेर्दा पार्टी कार्यलयमा परिवर्तन गर्नु पर्ने लोगोमात्र देखिन्छ।आर्थिक रुपमापनि धेरै खर्चालु देखिदैन तर एमाले रामेछापले आफ्नो पार्टीको पहिचान झल्काउने लोगो परिवर्तन गर्न किन हिच्किचाईरहेको छ ।
प्रेस मिट ,पार्टी प्रवेश , संगठित सदस्य ,वडा महाधिवेशनको काम चलिरहेको समयमा प्रचारप्रसारको दृष्टिबाट समेत उपयुक्त रहेको यो समयमा लोगो परिवर्तन गर्न एमाले किन अल्मल्लिएको छ ,पार्टी प्रचार बिभाग प्रमुख प्रकाशकुमार कार्कीसँग बुझ्न खोज्दा सम्पर्क हुन सकेन।
जे होस लोगो परिवर्तन गर्नुपर्ने काममा नेकपा एमाले रामेछापको व्यबस्थापनले आफ्नो अपनत्व वहन नगरेको देखिन्छ । लोगो परिवर्तन हेर्दा सानो कुरा देखिए पनि पार्टीको निर्देशन र गतिशीलतामाथीनै सोच्ने बिषय नबन्ला भन्न सकिन्न।
प्रतिक्रिया