प्रमुख प्रतिपक्षी नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बैठक केहीबेर अघिबाट सुरु भएको हो ।
बैठक विधान महाधिवेशनको समीक्षा, कार्तिक ६ गते हुने वडा अधिवेशन, कातिक ९ गते हुने पालिका अधिवेशन, राष्ट्रिय महाधिवेशन र हालै अविरल वर्षाका कारण भएको जनधनको क्षतिका सम्बन्धमा केन्द्रित हुने बताइएको छ ।
खासगरी एमालेको दशौं राष्ट्रिय महाधिवेशन कहाँ गर्ने भन्ने विषयमा बैठकले स्थान तय गर्ने नेताहरुले बताएका छन् ।
एमालेको महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेका लागि तोकिएको छ ।
प्रतिक्रिया