कात्तिक ४, लापाज । बोलिभियाको लापाजमा सवारी दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । सडकमा गुडिरहेका दुई सवारी साधन आपसमा ठोक्किँदा यो दुर्घटनामा भएको बताइएको छ । बोलिभियाको लापाज नजिकैको हाउनी नगरको सडकमा सो दुर्घटना भएको बताइएको छ । दुर्घटनामा परी ज्यान जानेमा यहाँको खानीमा काम गर्ने मजदुरका तीन जना नेता पनि परेका छन् । मजदुरसम्बन्धी कार्यक्रममा पुगेर फर्किने क्रममा सो दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् ।

प्रहरीले दुई सवारी साधन एक आपसमा ठोक्किन पुग्दा सो दुर्घटना भएको बताएको छ । यसक्रममा अरु दुई जना सख्त घाइते भएका छन् । घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ ।