नेकपा एमाले रामेछाप लिखुतामाकोशी गाउँपालिका वडा नम्बर छ (६) खिम्तीको वडा अधिवेशन सम्पन्न भएको छ। प्रमुख अतिथि बागमती प्रदेश कमिटीका सदस्य भोजराज कडरिया र विशेष अतिथि बागमती प्रदेश कमिटी सदस्य कमलप्रसाद कडरिया थिए। त्यस्तै वडा छ का अध्यक्ष शिवप्रसाद न्यौपाने गाउँपालिका कमिटी सदस्यद्वय शुशिला कार्की र भोलाप्रसाद कडरिया लगाएत अतिथी थिए।

अधिवेशनले अध्यक्षमा तोपबहादुर मगर,उपाध्यक्ष राम बहादुर  सुनुवार सचीव विष्णु थापा  ,सह सचीवद्वय दिप बहादुर खडका र उमेश कडरिया लगाएतलाई  निर्वाचित गरेको छ। त्यस्तै अधिवेशनले  नौ सदस्यीय टोल कमिटी  गठन गरेको छ।