मन्त्रीपरिषदले राजनीतिक प्रतिशोधका कारण हटाइएका राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेल सोमबार दिउसो १:०० बजे परिषद कार्यलयबाट बिदा भएका छ्न।
पत्रकार सम्मेलन गरी औपचारिक रुपमा विदाई भएका ढुङ्गेल नेकपा एमालेको केन्द्रिय सदस्य समेत हुन।
कार्यकारी उपाध्यक्ष माधव प्रसाद ढुंगेल परिषदबाट विदा भएपछि राजनीतिक काममा थप क्रियाशिल हुने उनले बताएका छ्न।
५ वर्ष ५ महिना परिषद्का कार्यकारी उपाध्यक्ष पदमा बहाल रहदा माधव प्रसाद ढुंगेलको भिजन र नेतृत्वमा राष्ट्रिय युवा नीति र युथभिजन 2025 तथा दशवर्षे रणनीतिक योजनाको कार्यान्वयन, युवा उद्यम कार्यक्रम¸ शैक्षिक प्रमाणपत्रका आधारमा उद्यमका लागि ऋण कार्यक्रम र राष्ट्रपति युवा महिला उद्यम कार्यक्रम, युवा क्लब गठन तथा नमुना युवा संसद अभ्यास कार्यक्रम, उद्यमशीलता तथा वित्तीय साक्षरता तालिम सञ्चालन, एक शैक्षिक संस्था एक उद्यम कार्यक्रम, युवामैत्री स्थानीय तह विकासका लागि प्रोत्साहन कार्यक्रम, सामाजिक जागरण र समृद्धिका लागि युवा अभियान कार्यक्रम, अपाङ्गता भएका युवाका लागि सहयोग कार्यक्रम, युवा नवप्रर्तन तथा ईन्कुवेशन केन्द्र स्थापना, युवाका लागि विज्ञान तथा प्रविधि क्षेत्रमा अनुसन्धान सहयोग, उद्यम परामर्श कार्यक्रम, युवा प्रतिभा तथा उद्यमीको खोजी र उनीहरुको कार्यलाई प्रोत्साहन, जोखिमयुक्त अवस्थामा रहेका युवालाई पुन:स्थापना गर्ने कार्यक्रम, सार्वजनिक शिक्षा सवलीकरण कार्यक्रम आदि सञ्चालन भईरहेको छ।
परिषद्मा गरेको कामको मुंल्याङ्कनको अधारमा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल International Youth Committee द्वारा World Youth Prize 2018 बाट सम्मानित र World Future Council द्वारा युवामैत्री सवैधानीक व्यवस्था र नीति निर्माणका कारण नेपाल Future Policy Silver Award, 2019 बाट सम्मानित भएक थिए
राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले संयुक्त राष्ट्रसंघको Youth Forum मा अतिथि वक्ताका रुपमा सम्बोधन समेत गरेका थिए।
प्रतिक्रिया