नेकपा माओवादी केन्द्रबाट निर्वाचित प्रतिनिधि सभा सदस्य श्यामकुमार श्रेष्ठले बाईस लाख कमिसन लिएको बिषयलाई कपोकल्पित भन्दै आफ्नो बचाउ गरेका छन।
एक सन्चार माध्यमबाट प्रशारित समाचारलाई उनले पित पत्रकारिताको परकाष्ठ भन्दै पत्रकारलाई नै घुमाउरो तरिकाले धम्कीसमेत उनले जारी गरेको बिज्ञप्तिमा दिएका छन।
उनले बिज्ञप्तिमा आफुले कमिसन नलिएको कुनै पनि ठोस प्रमाण दिन भने सकेका छैनन।आफ्नो बाल्यकाल देखिको फेहरिस्त उल्लेख गर्नु र सन्चार माध्यमलाई गाली गलौजजन्य भावना सहित धम्कीयुक्त शब्दले उनको बिज्ञप्तिको पाना भरिएको देखिन्छ।