नेकपा एमाले रामेछापको वडा अधिवेशन भब्य र सभ्यरुपमा  सफल भएको एमाले पुर्व सचिव पुरुषोत्तम कडरियाले बताएका छन। आज हुन गइरहेको एमाले रामेछाप  लिखुतामाकोसी गाउँपालिकाको अधिवेशन उद्घाटन गर्न जानेक्रममा कडरियाले वडा अधिवेशनले एमाले रामेछाप हिजोको भन्दा सशक्त, एकताबद्ध र विजयकोलागि आतुर रहेको पुष्टि भएको बताएका छ्न।

पालिका अधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने र कुनै उपाय नलागेमा लोकतान्त्रिक पद्धति अपनाई निर्वाचनबाट नेतृत्व चयन गर्ने उनले बताएका छ्न। वडा अधिवेशनको समिक्षा गर्दै कडरिया भन्छ्न” हामीले ६४ वडामध्य ६३ वडामा सर्वसम्मत नेतृत्व चयन गर्दै वडा अधिवेशन सम्पन्न गरेका छौ। एउटा वडामा अध्यक्षको लागि बिवाद उत्पन्न भएको थियो।  पालिकाको अधिवेशनपनि हामीले सर्वसम्मत तबरले नेतृत्व चयन गर्दै सम्पन्न गर्ने तयारी गरेका छौं। केही ठाउँमा बिवाद देखिएमा साथीहरूलाई मिलाएर लैजान्छौ र पालिका अधिवेशन सम्पन्न गर्ने छौँ ।”

“नेकपा एमालेलाई चारैतिरबाट घेराबन्दी हुँदा विगतमा  एमालेमा देखिएको केही समस्याले पार्टी कमजोर हुन्छकी, पार्टीमा समस्या आउछ्की भन्ने आशङ्का थियो , वडा अधिवेशनले आशङ्काको निवारण गरेको छ।” कडरियाले तिनलाल खबरलाई बताएका छ्न।

कार्यकर्ता,प्रतिनिधिहरुमा उत्साह छ।हिजो भन्दा पार्टीप्रति जनता र कार्यकर्ताको आकर्षण बढेको अधिवेशनले देखाएको छ।नेकपा एमालेमा प्रवेश हुने सङ्ख्या दिनप्रतिदिन वृद्धि भईरहेको छ। नेकपा एमालेका शुभचिन्तक, कार्यकर्ता ,शुभेच्छुक र नेतापङ्तीमा यसले उत्साह  देखिएको कडरियाले तिनलाल खबरसँग दावी गरेका छ्न।

त्यस्तै लिखुतामाकोशी गाउँपालिका कमटिको उद्घाटन ७०० भन्दा बढी नेताकार्यकर्ता र प्रतिनिधिले भब्य हुने गरि आज दस बजे उद्घाटन गर्ने उनले जानकारी दिएका छ्न।                                  प्रकाशित मिति: ९ कार्तिक २०७८, मङ्गलबार समय :१०:१०