दशैं, तिहार लगाएतका चाडपर्वहरूमा क्षमता भन्दा बढी यात्री चढ्ने र यात्री राखी यातायात संचालन गर्ने यातायात व्यवसायी बीच हुने अनावश्यक प्रतिस्पर्धाका कारण सडक दुर्घटनाका घटनाहरू हुने गरेका छन्।

२०७८ साल कार्तिक ८ गते फिदिम –  यासोक सडक अन्तरगत  ( फिदिम नगरपालिका वडा नं. ४ जोरसाल सखरखन्डे सडक खन्डमा) भएको दुर्घटना उत्सवका बेला पैसाकै लागि व्यवसाय संचालन गर्ने व्यावसायी र हतारोमा गन्तव्यमा पुग्नै पर्ने  आ-आफ्नो व्यावहारिक र मानसिक दबाबका कारणले हुने गरेकाे अस्वस्थ प्रतिस्पर्धा राेक्ने पहल कदमी लिन ठूलो सन्देश दिएको छ।

सडक सुरक्षाका निमित्त र यस्ता घटनाहरूलाई दोहोरिन नदिन यात्रु यातायात व्यावसायी, सम्बन्धित सरोकारवाला सरकारी तथा गैरसरकारी निकाय तथा संघसंस्थाको गम्भीर  ध्यानाकर्षण हुन जरुरी छ।

व्यवस्थित र  व्यावसायिक काउन्टर, सुरक्षित सडक, पुर्ण कन्डिसन युक्त सवारी साधन, योग्य चालक, सहयोगी सहचालक र यात्री मिलेपछि मात्र यात्रा सफल बन्नेछ।यसमा  सरोकारवाला सबैको बेलैमा ध्यान पुर्याउनु पर्ने देखिन्छ।

यसैबीच  गृह मन्त्रालयले घटनास्थल सरखण्डेमा तुरुन्त हेलिकप्टर पठाउन रक्षा मन्त्रालयलाई आदेस दिएको छ।
गृहमन्त्रालयद्वारा रक्षा मन्त्रालयलाई पत्रचार भईसकेको प्रमुख जिल्ला अधिकारीले जानकारी दिएकोबारे सन्तोष श्रेष्ठ आफ्नो फेसबुकमा लेख्छ्न”
#गृहमन्त्रालयको_आदेस_रक्षामन्त्रालयलाई_
#तुरुन्तै_हेलिकप्टर_पठाउनु
फिदिम नगरपालिका वडा नं -४ सरखण्डेमा आज बिहान करिब १०:३० बजे तिर भएको बस दुर्घटना सवार यात्रु संख्या ६३ जना मध्ये १३ जना थप उपचारको लागि रेफर गरिसकिएको छ।थप बिरामी पठाउनका निम्ति छिमेकी जिल्ला ईलाम,ताप्लेजुङबाट एम्बुलेन्स झिकाई सकिएको छ। बिरामीको अवस्थालाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यलय पाँचथरबाट जानकारी भएअनुसार हेलिकप्टर पठाउन गृहमन्त्रालयद्वारा रक्षा मन्त्रालयलाई पत्रचार भईसकेको भेटपछि प्रमुख जिल्ला अधिकारी मार्फत जानकारी प्राप्त भएको जानकारी गर्दछु।”मदनकुमार बोहरा र सन्तोष श्रेष्ठको सहयोगमा।                                                                            प्रकाशित मिति: ९ कार्तिक २०७८, मङ्गलबार