नेकपा एमाले लिखुतामाकोसी गाउँपालिका कमिटी अधिवेशनको उद्घाटन भब्यरुपमा सम्पन्न भएको छ।धोवीमा उद्घाटन भएको अधिवेशनमा नेपाली काङ्ग्रेस रामेछाप त्यागगरि २४ भन्दा बढी नेकपा एमाले लिखुतामाकोसी कमिटीमा प्रवेश गरेका छ्न।
सयौंको सङ्ख्यामा र्याली सहित एमालेले आफ्नो अधिवेशन उद्घाटन सम्पन्न गरेको छ।
पालिका कमिटी अध्यक्ष उद्वव कडरियाले उद्घाटन कार्यक्रमको अध्यक्षता गरेका थिए भने नेकपा एमालेका नेता तथा पालिकाका वडा अध्यक्ष सुवास बोहराले संचालन गरेका थिए। रामेछाप एमालेका पुर्व सचिव पुरुषोत्तम कडरिया,बागमती प्रदेश कमिटी सदस्य भोजराज कडरिया,कमलप्रसाद कडरिया, एमाले नेता शिवप्रसाद न्यौपाने ,जेष्ठ कम्युनिस्ट मंचका नेता मुकुन्द कडरिया लगाएतका अतिथि अधिवेशनमा उपस्थित छ्न।एमालेले आफ्नो उद्घाटनमा नेपाली काङ्ग्रेस रामेछापका नेताकार्यकर्ता भित्राएर अधिवेशनमा अझ रौंनकता थपेको देखिन्थियो।
नेपाली काङ्ग्रेस रामेछाप परित्याग गरि एमालेमा प्रवेश गर्नेहरूको नामावली
निस्चल बरुवाल ,प्रज्ज्वल बरुवाल,सन्तोष बरुवाल,बिक्रम खड्का ,अर्जुन कार्की ,मोहन बरुवाल,अर्जुन तामाङ ,कल्याण कार्की ,अनिल कार्की,नेत्रबहादुर कार्की,मनोज बरुवाल,निरबहादुर कार्की ,दिनेश बरुवाल,भिमबहादुर तामाङ,ईन्द्र बरुवाल,केशरबहादुर कार्की ,शम्भु विक,कल्पना विक,मैयाँ विक,निर्मला विक उमेस विक,नारायण विक र गोविन्द कार्की लगाएत । प्रकाशित मिति: ९ कार्तिक २०७८, मङ्गलबार
प्रतिक्रिया