नेपाल खेलकुद महासंघ रामेछाप नगर कमिटी गठन भएको छ। टिकाराम रानामगरको अध्यक्षतामा ४९ सदस्यीय कमिटी गठन भएको हो।
नेपाल खेलकुद महासंघ वाग्मती प्रदेश कमिटीका अध्यक्ष सीताराम कार्कीले नवगठित कमिटीलाई धन्यवाद तथा शुभकामना दिएका छ्न।
कमिटी घोषणा नेपाल खेलकुद महासंघ जिल्ला कमिटी सचिव देवेन्द्र श्रेष्ठले गरेका थिए।।
रामेछाप नगरपालिका प्रथम नगर अधिवेशनको उद्घाटन प्रमुख अतिथि वाग्मती प्रदेश कमिटी सदस्य तथा एमाले जिल्ला कमिटी सचीव आनन्द श्रेष्ठ थिए।पालिका अधिवेशन कार्यक्रममा कमिटी गठन गरिएको छ। प्रकाशित मिति: ९ कार्तिक २०७८, मङ्गलबार
प्रतिक्रिया