नेकपा एमालेको विधान महाधिवेशनले महानगर कमिटी एक सय एक ,उपमहानगर कमिटी पचासी,गाउँपालिका र नगर कमिटी पच्चहत्तर र वडा कमिटी एकतिस सदस्यीय रहने व्यवस्था गरेको छ।
यसै अन्तर्गत वडा र पालिका स्तरीय अधिकाङ्स अधिवेशन सम्पन्न भईसकेका छ्न। एमालेले आफ्नो दसौं राष्ट्रिय महाधिवेशन (१०-१२) मङ्सिरमा वाग्मती प्रदेशको चितवनमा गर्न गइरहेको छ ।
एमाले महाधिवेशनकालागि प्रतिनिधि चयन हुन एमालेले न्युनतम मापदण्ड बनाएको छ।२०७७ चैत सम्म संगठित सदस्य बनेका र नविकरण भएकाहरुमात्र एमाले महाधिवेशन प्रतिनिधि चयन प्रक्रियामा सहभागी हुन पाउने छ्न।
प्रतिनिधि चयन सम्बन्धि मापदण्ड तय गर्न एमालेले कार्तिक ११गते स्थायी कमिटी र १२ गते केन्द्रिय कमिटीको बैठक बोलाएको छ।
प्रतिक्रिया