कार्तिक ०९ गते मनपा नेकपा एमाले रामेछापको नगर अधिवेशनमा अधिवेशनका बिशेष अतिथिद्वय राष्ट्रिय प्रतिनिधि परिषद  सदस्य राजु थापा मगर, र  राजकुमार बोम्जनको बिशेष पहलमा प्रमुख अतिथि पार्टी  केन्द्रिय सदस्य कैलाश ढुङ्गेलद्वारा माओवादि केन्द्रको युबा नेताहरु मनपा ६ का १का धर्म बहादुर बि. क.  फडिन्द्र बि. क. यसै गरि मनपा ९ पुरानागाउँ को १का यम थापा मगर र  अमन सुनेल माओवादी केन्द्र रामेछाप  त्याग गरि नेकपा  एमालेमा प्रवेश भएका छ्न।

अधिवेशनमा  अथिति बागमती प्रदेश कमिटी   सदस्य  गोपाल श्रेष्ठ , बिशेष अथिति राष्ट्रिय प्रतिनिधि परिषद  सदस्य राजु थापा मगर, विशेष अतिथि राष्ट्रिय प्रतिनिधि परिषद  सदस्य राज कुमार बोम्जन, पत्रकार नवराज श्रेष्ठ लगायत थिए।