मैना थापा,रामेछाप ११ कार्तिक
संभावित अध्यक्षहरुले लचकता नपनाउदा एमाले लिखुतामाकोसी गाउँपालिका कमिटीको अधिवेशन स्थगित हुन पुगेको बुझिएको छ। अधिवेशन कार्तिक २४ गते पुन हुनेगरी स्थगित गरिएको छ।नेताको दौरा समाएर अध्यक्षको प्रत्याशीहरु बसेकाले अधिवेशन तोकिएको समयमा सम्पन्न हुन नसकेको बुझिएको छ।
अध्यक्षका प्रत्याशित शिवप्रसाद न्यौपाने , भिमबहादुर तामाङ ,केवी पौडेल र दुर्गा श्रेष्ठ छ्न। न्यौपानेले अन्तिम समयमा आफ्नो उम्मेद्बारी घोषणा गरेका थिए।
लिखुतामाकोसी गाउँपालिका कमिटी एमाले रामेछापमा
गुटिय प्रवाभ प्रष्ट देखिएको बुझिएको छ।एमाले केन्द्रिय सदस्य तथा जिल्ला पार्टी ईन्चार्ज कैलाशप्रसाद ढुङ्गेल र पार्टी अध्यक्ष तथा वाग्मती प्रदेशका बर्तमान मन्त्री शान्तिप्रसाद पौडेलले पालिका अध्यक्षमा आफ्नो नजिकको मान्छे चयन हुन भन्ने ईच्छा देखाउँदा पालिका अधिवेशन स्थगित हुन पुगेको बुझिएको छ।
ढुङ्गेलले केवी पौडेल वा भिमबहादुर तामाङ र पौडेलले शिवप्रसाद न्यौपाने वा दुर्गा श्रेष्ठ मध्ये एकलाई पालिका अध्यक्षमा चयन गर्न चाहेको हुँदा विवाद उत्पन्न भइ अप्रत्याशित अधिवेशन स्थगित भएको बुझिएको छ।
त्यस्तै गाउँपालिका कमिटी अध्यक्ष उद्वव कडरियाले पालिका कमिटी सचिव भिमबहादुर तामाङलाई अध्यक्ष बनाएर जाने मध्यमार्गी बाटो अपनाएको बुझिएको छ।
पालिका अधिवेशन गुटिय कारणले स्थगित हुनुले पार्टीको गतिविधिमा दिर्घकालिन असर पर्न सक्ने वडा ६ खिम्तीका नवनिर्वाचित वडा कमिटी उपसचिव उमेश कडरियाको अनुमान रहेको छ। उनि भन्छ्न “गुटबन्दीको प्रभावबाट पार्टी मुक्त भएको छ भन्ने आम कार्यकर्ताको आशा थियो ।त्यसलाई पालिका स्तरमा पुन देखीनु पार्टीको हितमा कदापि हुँदैन। तोकिएको समयमा पालिका अधिवेशन हुन नसक्नुमा आयोजक र टीका प्रथाबाट कार्यकर्ता मुक्त नहुनु नै हो।” प्रकाशित मिति: ११ कार्तिक २०७८, बिहिवार
प्रतिक्रिया