नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सोमबार चितवन जाँदै हुनुहुन्छ । अध्यक्ष ओली चितवनमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन स्थलमार्गबाटै त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
स्थलमार्गबाट अध्यक्ष ओली चितवन जाने उहाँको निजी सचिवालयले जनाएको छ। ओलीले नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत दासढुंगाको मदन–आश्रित पार्कमा रहेको मदन भण्डारी र जीवराज आश्रितको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जानकारी गराएको छ ।
अध्यक्ष ओलीले नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन उद्घाटनस्थल नारायणगढको नारायणी नदी किनार अवलोकन गर्ने कार्यक्रम समेत रहेको नेकपा एमाले चितवनकी अध्यक्ष पार्वती रावलले जानकारी दिनुभयो । ओलीले नेकपा एमाले भरतपुर महानगर कमिटीको अधिवेशनको उदघाटन गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया