दिलमाया शाही,जुम्ला: समाजमा हुने विकृति र विसंगति विरुद्ध जुम्लाका महिला नेतृत्वहरुमा एक ठाँउमा छन । अनेम संघ (क्रान्तिकारी) जुम्लाकी इन्चार्ज तथा पुर्व राज्यमन्त्री गोमा कुँवर , अनेम संघ (क्रान्तिकारी) जुम्लाकी अध्यक्ष बिष्णु बुढा, हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकाया, अनेम संघ क्रान्तिकारी)का केन्द्रीय सदस्य ,लक्ष्मीकन्या बुढा लगायका महिला नेत्रिहरु एक ठाँउमा उभिएका हुन ।
उनीहरु महिला माथी हुने हिंसात्मक गतिबिधि रोक्न लागि गाउँगाउँमा पुगेका छन । अनेम संघ क्रान्तिकारी जुम्लाकी इन्चार्ज तथा पुर्व राज्यमन्त्री गोमा कुँवरले प्रत्येक गाउँपालिका भित्र हुने अपारदर्शीता,विकृति,विसंगति, अनियमिताका विरुद्ध आवाज उठाउन आग्रह गर्दै आएको बताइन ।
उनले हरेक महिला नेता बन्न सक्छन्, महिला पनि विशिष्ट पदका लागि योग्य छन् भन्ने चेतना समाजमा विकास हुन जरुरी रहेको बताइन । अबका महिलाले चुलोचौकोमा मात्रै होइन राजनीतिभित्र कसरी संयोजन गरेर जाने भन्ने सोच बनाउनु पर्छ ।
अनेम संघ (क्रान्तिकारीं) जुम्लाकी अध्यक्ष बिष्णु बुढा भन्छिन, आज पनि महिलाले विवाह गर्ने भनेको अरुको घर गएर परनिर्भर हुनु हो भन्ने कुष्ठित चिन्तन छ । हामी परनिर्भरतामुखी सोचलाई जबसम्म अन्त्य गर्न सक्दैनौं, त्यसको प्रभाव समाजमा पनि रहन्छ । त्यो प्रभाव राजनीतिमा पनि हुन्छ ।उनले भनिन, हाम्रो व्यवस्थाले राष्ट्रपति वा उपराष्ट्रपति, मेयर वा उपमेयरमध्ये १ महिला बनाउनै पर्ने केही बाध्यात्मक परिस्थिति सिर्जना गर्यो। यति हुँदाहुँदै पनि पहिलो वा प्रमुख पदमा महिला आउने कुरा समस्या ग्रस्त नै छ । महिलालाई उपमै सीमित गरियो ।
त्यस्तै अनेम संघ (क्रान्तिकारी)का केन्द्रीय सदस्य लक्ष्मीकन्या बुढा भन्छिन ,राजनीतिक ओहोदा र पदीय दायित्वमा रहेका महिलामाथि त विभेद छ भने सीमान्तकृत र राज्यका पहुँच बाहिरका महिलाको
झन् अझै कस्तो अवस्था होला ? कुण्ठित पुरुषवादी चिन्तन र सोचले अहिले पनि महिलालाई पाइला पाइलामा ठेस लागिरहेको छ । उनले भनिन्,श्रमदेखि राजनीतिसम्मै अझै विभेदमै छन्, महिला ।महिला अहिले पनि विभेदको चौघेराबाट उम्कन सकिरहेका छैनन् । तर यो विभेदको अन्त्य नभए सम्म समृद्ध मुलुक निर्माण हुन सक्दैन । यस कारण हाम्रो अनेम संघ (क्रान्तिकारी)मा आबद्ध हामी महिलाले समाज फराकिलो बनाउदै छौं।
महिलाको सम्बन्ध अझै पनि परिवार,नाता र सम्बन्धमा सीमित छ । महिलाको सम्बन्ध फराकिलो पार्न कै निम्ति हाम्रो संघर्ष जारी रहेको छ ।
त्यस्तै हिमा गाउँपालिकाका उपाध्यक्ष हिमाली रोकायाले महिलालाई हेर्ने दृष्टिकोण अहिले पनि आमा ,श्रीमती, बुहारी , बहिनीका रुपमा रहेको बताइन । उनले महिला पनि समाजको सदस्य हो, ऊ आफै नागरिक हो भन्ने अवधारणा विकास अझै भइसकेको छैन । यो अनेम संघ (क्रान्तिकारी)ले यस्ता अवधारणा विकास गर्ने छ ,उनले भनिन ।
अनेम संघ (क्रान्तिकारी )ले जुम्लाको एक नगरपालिका सहित आठ वटै स्थानीयतहमा गाउँपालिका स्तरीय कमिटि गठन गरेको छ । यो कमिटिले राजनीतिकमा महिला सहभागीता बढाए हिंसा रहित समाज निमार्ण गर्नका लागी मद्दत पुग्ने छ ।
अनेम संघ क्रान्तिकारी जुम्लाकी इन्चार्ज तथा पुर्व राज्यमन्त्री गोमा कुँवरले लामो समय सञ्चालन भएको जनयुद्धमा महिलाले दिएको योगदान निकै अतुलनीय रहेको बताइन । उनले महिला भित्रका क्षमता र प्रतिभाको सम्मान अनेम संघ (क्रान्तिकारी)ले मात्र गर्न सक्नेमा जोड दिइन ।
त्यस्तै नयाँ कार्य समितिलाई बधाइ ज्ञापन गर्दै अनेम संघ (क्रान्तिकारी) जुम्लाकी अध्यक्ष बिष्णु बुढाले माओबादी केन्द्रलाई बचाइ राख्नको लागि महिला संगठनको भुमिका आवश्यक रहेको बताइन । जनयुद्धको बेला संघर्ष गरेर अहिलेको शासन व्यवस्था आएको बताउँदै यो व्यवस्था ल्याउनमा महिलाको पनि महत्वपुर्ण भुमिका रहेकोमा जोड दिइन ।
जुम्लामा महिला नेतृत्वहरु,‘माओवादी केन्द्रको हरेक एजेण्डा,नीति,योजना समुदाय स्तरमा लैजानको लागि सक्रिय रुपमा लागेका छन ।
समाजलाई समृद्धिको दिशातिर लैजानको लागि पनि महिलाको महत्वपुर्ण भुमिका हुने हुँदा पछिल्लो समयमा हरेक निकायमा महिला सहभागिता वृद्धि हुदै गएको पाइएको छ ।महिलाको लामो संघर्ष र आन्दोलनले उपलब्धि हात पारेको भन्दै राज्यले ३३ प्रतिशत अधिकार दिएको छ । तर जुम्लाका महिला नेत्रीहरु भन्छन”अब महिला ३३ प्रतिशतमात्र होइन, जुनसुकै पदका लागि योग्य भइसकेका छौं भनेर दाबी गर्न सक्छौं। ” प्रकाशित मिति: १५ कार्तिक २०७८, सोमबार
प्रतिक्रिया